हिम स्टार उर्जा लिमिटेडको आईपीओ सर्वसाधारणका लागि

हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (असार २४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरेको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारण लगानीकर्ताका लागि ७,७३,९७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ […]

हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (असार २४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरेको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारण लगानीकर्ताका लागि ७,७३,९७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी शेयर सर्वसाधारणलाई खुला गरिएको हो। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन असार २७ गतेसम्म खुला रहनेछ, तर आवश्यक परे साउन ६ गतेसम्म लम्बिन सक्नेछ।

कम्पनीले निर्माण गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुट सहितको अवधि ११.७५ वर्ष रहेको छ। कम्पनीले इक्रा नेपालबाट “इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस” रेटिङ प्राप्त गरेको छ।

शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

Share Training Near Me

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In