हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार १३) अन्तिम दिन हो। कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको थियो। कम्पनीले कुल ३७ करोड ३० लाख रुपैयाँ बराबरको चुक्तापुँजीको ३० प्रतिशत हिस्सा सार्वजनिक गर्न लागेको हो। सोअनुसार ११ लाख १९ हजार […]
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार १३) अन्तिम दिन हो। कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको थियो।
कम्पनीले कुल ३७ करोड ३० लाख रुपैयाँ बराबरको चुक्तापुँजीको ३० प्रतिशत हिस्सा सार्वजनिक गर्न लागेको हो। सोअनुसार ११ लाख १९ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरिएको हो।
यस अन्तर्गत ९३ हजार २५० कित्ता शेयर वैदेशिक श्रमिकहरूका लागि छुट्याइएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने अवधि छिटोमा असार १३ गते र ढिलोमा असार २९ गतेसम्म कायम रहनेछ।
आयोजना प्रभावित क्षेत्र ओखलढुंगा जिल्लाको जिजिदेम्बा गाउँपालिका–८ र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ मा पर्छ।
कम्पनीले १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयका लागि, ७० हजार ९१० कित्ता आफ्ना कर्मचारीका लागि, र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित राखेको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई “डबल बी माइनस” (BB-) रेटिङ प्रदान गरेको छ, जसले औसत वित्तीय जोखिम रहेको संकेत गर्दछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.