११ कम्पनी कालोसूचीमा, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा यी कम्पनीहरूलाई सूचीबद्ध गर्न लागिएको हो। कार्यालयले सम्बन्धित कम्पनीहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ, यदि कालोसूचीमा राख्न नपर्ने कारण भए प्रमाणसहित स्पष्ट पार्न निर्देशन दिइएको छ। यसअघि ३० दिने लिखित स्पष्टीकरण माग […]

काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा यी कम्पनीहरूलाई सूचीबद्ध गर्न लागिएको हो।

कार्यालयले सम्बन्धित कम्पनीहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ, यदि कालोसूचीमा राख्न नपर्ने कारण भए प्रमाणसहित स्पष्ट पार्न निर्देशन दिइएको छ। यसअघि ३० दिने लिखित स्पष्टीकरण माग गरिएको थियो, तर कुनै प्रतिक्रिया नआएपछि पुनः ७ दिने सूचना जारी गरिएको हो।

यदि तोकिएको समयसीमाभित्र पनि स्पष्टीकरण नआए, कार्यालयले सोही सूचनालाई आधार मान्दै कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In