वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा, आयात र निर्यात दुवै बढ्दा व्यापारघाटा समेत वृद्धि काठमाडौं: चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गरेको छ, जसमा मुलुकले आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ। भन्सार विभागको प्रतिवेदनअनुसार, यस अवधिमा नेपालले नौ खर्ब ८८ अर्ब ५८ […]
वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा, आयात र निर्यात दुवै बढ्दा व्यापारघाटा समेत वृद्धि
काठमाडौं: चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गरेको छ, जसमा मुलुकले आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ।
भन्सार विभागको प्रतिवेदनअनुसार, यस अवधिमा नेपालले नौ खर्ब ८८ अर्ब ५८ करोडको वस्तु आयात गर्दा एक खर्ब २७ अर्ब २० करोडको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा आयात १०.०९ प्रतिशत, निर्यात ४६.५० प्रतिशत, र कूल वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, कुल व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.६० प्रतिशत रहँदा निर्यातको हिस्सा ११.४० प्रतिशत मात्र छ।
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्रै चार खर्ब ९८ अर्ब ३४ करोड घाटा रहेको छ। माघ मसान्तसम्म भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा नेपालले ९८ अर्ब ७५ करोडको मात्र निर्यात गरेको छ।
चीनसँगको व्यापार घाटा पनि एक खर्ब ९० अर्ब ४४ करोड पुगेको छ। पछिल्लो सात महिनामा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा नेपालले केवल दुई अर्ब बराबरको निर्यात गर्न सकेको छ। अर्जेन्टिना, युक्रेन, यूएई, अष्ट्रेलियालगायत मुलुकहरूसँग पनि व्यापार घाटा उच्च छ।
नेपालले ३५ मुलुकसँग व्यापार नाफा गरिरहेको छ, जसमा अफगानिस्तान शीर्ष स्थानमा छ। माघ मसान्तसम्म अफगानिस्तानसँग एक करोड २४ लाखको आयात र ५९ करोड ४५ लाखको निर्यात भएको छ। डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरूसँग पनि व्यापार नाफा रहेको छ।
माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा:
सबैभन्दा बढी निर्यात गरिएका वस्तुहरूमा:
Share your thoughts to keep the conversation going.
Be the first to comment.