१५ अर्ब ५० करोडको ट्रेजरी बिल बोलकबोल हुँदै, ५ अर्ब नयाँ ऋण संकलन गरिने।

काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज माघ ७ गते, सोमबार, १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्न लागेको छ। यसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरिनेछ भने ५ अर्ब रुपैयाँको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गरिनेछ। ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल ९१ दिनका लागि जारी गरिंदैछ, जुन […]

काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज माघ ७ गते, सोमबार, १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्न लागेको छ। यसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरिनेछ भने ५ अर्ब रुपैयाँको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गरिनेछ।

५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल ९१ दिनका लागि जारी गरिंदैछ, जुन २०८२ वैशाख ९ गते परिपक्व हुनेछ। त्यस्तै, १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिन अवधिको ट्रेजरी बिल पनि नवीकरण गरिंदैछ, जसको परिपक्व मिति २०८२ वैशाख ९ हुनेछ।

बोलकबोल आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ। बोलकबोल प्रक्रियापछि मंगलबार ट्रेजरी बिल जारी हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण जुटाउन प्रयोग हुने सरकारी अल्पकालीन ऋणपत्र हो।

सरकारले अल्पकालीन स्रोत जुटाउनका लागि ट्रेजरी बिल बिक्री गर्छ। यसलाई भुक्तानी मिति अगावै खरिद गर्न, वैधानिक तरलता अनुपात पूरा गर्न, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ। व्यक्तिहरूले ट्रेजरी बिल धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि लिन सक्छन्।

बोलकबोल प्रक्रियामा सबै वर्गका बैंक, वित्तीय संस्था, संगठित संस्था, र सर्वसाधारण नागरिक सहभागी हुन सक्छन्। सबैभन्दा बढी मूल्य तोक्नेलाई प्राथमिकता दिँदै क्रमशः ट्रेजरी बिल बाँडफाँट गरिन्छ।

यसअघि माघ २ गते, २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको प्रस्ताव आएको थियो, जसको औसत डिस्काउन्ट रेट २.७९ प्रतिशत थियो। हाल सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको छ।

ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले बैंकहरूबीच खरिदको प्रतिस्पर्धा बढेको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त हुँदा, अन्य क्षेत्रमा लगानीको कमीका कारण, बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गरेर आम्दानी गर्न खोजिरहेका छन्। यसले गर्दा अल्पकालीन ब्याजदरमा समेत गिरावट आएको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In