काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (चैत ४) कुल १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। नेपाल सरकारको ऋण बोलकबोल तालिका अनुसार, आज उक्त ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो। हाल बैंकहरूमा प्रशस्त तरलता भएकाले ट्रेजरी बिलप्रति माग उच्च देखिएको छ, जसका कारण डिस्काउन्ट दर घटेको छ। सार्वजनिक ऋण […]
काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (चैत ४) कुल १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। नेपाल सरकारको ऋण बोलकबोल तालिका अनुसार, आज उक्त ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो।
हाल बैंकहरूमा प्रशस्त तरलता भएकाले ट्रेजरी बिलप्रति माग उच्च देखिएको छ, जसका कारण डिस्काउन्ट दर घटेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, ९१ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरिँदैछ, जसको परिपक्वता मिति २०८२ असार ३ गते रहेको छ।
यस्तै, १८२ दिन अवधिको लागि ४ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुँदैछ, जुन २०८२ भदौ ३१ मा परिपक्व हुनेछ। साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएको छ, जसको परिपक्वता मिति २०८२ चैत ३ गते रहेको छ। बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ, भने मंगलबार ट्रेजरी बिलको निष्कासन हुने जनाइएको छ।
बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएका कारण ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको छ। फागुन २६ मा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट दर २.९८ प्रतिशत, ९१ दिन अवधिको २.९६ प्रतिशत, र ३६४ दिन अवधिको ३.०३ प्रतिशत कायम भएको थियो।
हाल बैंकहरूमा तरलता प्रशस्त भएकाले ट्रेजरी बिलमा अत्यधिक आवेदन पर्ने गरेको छ, जसले डिस्काउन्ट दर घटाएको छ। कर्जाको लगानी सीमित हुँदा बैंकहरू सरकारद्वारा जारी १ वर्ष अवधिको ट्रेजरी बिल खरिद गर्न प्रतिस्पर्धा गरिरहेका छन्। अन्य क्षेत्रमा लगानीको अवसर सीमित भएपछि बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गरेर आम्दानी गर्न खोजिरहेका छन्, जसका कारण अल्पकालीन ब्याजदरहरू घट्ने क्रम जारी छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.