६ महिनामा थप १६ अर्ब ३३ करोडको धितोपत्र सूचीकृत, ७ अर्ब १७ करोडको बोनस सेयर जारी

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, सो अवधिमा सबैभन्दा ठूलो हिस्सा ७ अर्ब १७ करोड बराबरको बोनस सेयरले ओगटेको छ। राष्ट्र बैंकका तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा ३ अर्ब ९१ […]

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, सो अवधिमा सबैभन्दा ठूलो हिस्सा ७ अर्ब १७ करोड बराबरको बोनस सेयरले ओगटेको छ।

राष्ट्र बैंकका तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख बराबरको एफपीओ, र ३ अर्ब ९६ करोड बराबरका अन्य सेयर सूचीकृत भएका छन्, जसले कुल १६ अर्ब ३३ करोडको धितोपत्र थप भएको देखाउँछ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा ८ अर्ब २४ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब बराबरको म्युचुअल फण्ड, ४५ करोड बराबरको साधारण सेयर, र १२ करोड बराबरको डिबेन्चर जारी गर्न स्वीकृति प्रदान गरेको छ, जसको कुल मूल्य १६ अर्ब ८१ करोड पुग्छ।

२०८१ पुस मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ। तीमध्ये १२९ बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू, ९१ जलविद्युत कम्पनीहरू, २२ उत्पादन तथा प्रशोधन उद्योगहरू, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था, र ७ अन्य समूहका कम्पनीहरू रहेका छन्। २०८० पुससम्म कुल सूचीकृत कम्पनी संख्या २७१ रहेको थियो।

धितोपत्र बजार पुँजीकरणको हिसाबले, बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूको योगदान ५४.२ प्रतिशत रहेको छ। जलविद्युत कम्पनीहरूको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीहरूको ७.४ प्रतिशत, व्यापारिक संस्थाहरूको ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगहरूको ५.२ प्रतिशत, होटलहरूको २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको योगदान ८.५ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्जमा २०८१ पुस मसान्तसम्म सूचीकृत ८ अर्ब ६४ करोड कित्ता सेयरको चुक्ता मूल्य ८ खर्ब ५१ अर्ब ३७ करोड पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In