काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा करपूर्व ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सार्वजनिक विवरणअनुसार, विद्युत बिक्री, ब्याज तथा अन्य स्रोतबाट प्राधिकरणले कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ, भने विद्युत खरिद, प्रशासनिक खर्च तथा विभिन्न आयोजनामा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा करपूर्व ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सार्वजनिक विवरणअनुसार, विद्युत बिक्री, ब्याज तथा अन्य स्रोतबाट प्राधिकरणले कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ, भने विद्युत खरिद, प्रशासनिक खर्च तथा विभिन्न आयोजनामा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ।
२०७२/७३ मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण पछिल्ला वर्षहरूमा निरन्तर नाफामा रहँदै आएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। प्राधिकरणले आफ्नो नाफा विद्युत उत्पादन, प्रसारण, वितरण पूर्वाधार विस्तार तथा विद्युतीकरण आयोजनामा लगानी गरिरहेको जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.