७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज सात वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म शेयर खरिद गरी कायम रहेका लगानीकर्ताले नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन्। साधारण सभा तथा लाभांश वितरण […]

आज सात वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म शेयर खरिद गरी कायम रहेका लगानीकर्ताले नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावर कम्पनीले भोलि अर्थात पुस १५ गते बुकक्लोज गर्नेछ भने बाँकी छ वटा कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने घोषणा गरेका छन्। भोलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र यी कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

लगानीकर्तालाई लाभांश सुरक्षित गर्न बुकक्लोज मितिभन्दा अघिल्लो कारोबार दिनसम्म शेयर खरिद गरी राख्नुपर्ने व्यवस्था रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In