2580 परीक्षणपछि नेप्सेमा Pullback, सपोर्ट जोनले बजार सम्हाल्यो

नेप्सेमा आज Sell Side Liquidity र मनोवैज्ञानिक दबाबले उल्लेखनीय प्रभाव पारेको देखियो। सेसनको सुरुवातमै सूचकले 2580-2590 को Resistance Zone छोए पनि, त्यस स्तरमा स्थिर रहन नसक्दा बजारमा क्रमिक रूपमा pullback को दबाब बढ्दै गएको देखियो। यसले सूचकमा लोअर–लो संरचना बनाउँदै बजारको अल्पकालीन कमजोरी स्पष्ट गर्‍यो। तर Session को दोस्रो चरण भने पूर्ण रूपमा भिन्न रह्यो। […]

नेप्सेमा आज Sell Side Liquidity र मनोवैज्ञानिक दबाबले उल्लेखनीय प्रभाव पारेको देखियो। सेसनको सुरुवातमै सूचकले 2580-2590 को Resistance Zone छोए पनि, त्यस स्तरमा स्थिर रहन नसक्दा बजारमा क्रमिक रूपमा pullback को दबाब बढ्दै गएको देखियो। यसले सूचकमा लोअर–लो संरचना बनाउँदै बजारको अल्पकालीन कमजोरी स्पष्ट गर्‍यो।

तर Session को दोस्रो चरण भने पूर्ण रूपमा भिन्न रह्यो। नेप्से 2530-2550 को Support Zone मा पुगेपछि खरिदकर्ताको सक्रियता उल्लेखनीय रूपमा बढ्यो, जसले बजारमा स्थिरता फर्किएको संकेत दियो।

अन्तिम घण्टातिर बढ्दो खरिद दबाबले सूचकलाई थप मजबुत बनाउँदै 2560 माथि क्लोज गरायो। दिनभरको उतार–चढावपछि यो स्तरमा टिक्न सफल हुनु बजारमा अझै आधारभूत विश्वसनीयता कायम रहेको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार, नेप्से हाल पनि रेन्जभित्रै कारोबार गर्दै अघि बढिरहेको छ। तर आज देखिएको सपोर्ट जोनको मजबुत प्रतिक्रियाले बजारमा खरिद पक्षको शक्ति अझै प्रभावशाली रहेको पुष्टि गर्छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In