अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांशमा संशोधन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांशलाई विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि नयाँ दरमा लाभांश प्रस्ताव गरिएको हो। कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनका […]
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांशमा संशोधन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांशलाई विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि नयाँ दरमा लाभांश प्रस्ताव गरिएको हो।
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्दै स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गरेको थियो। तर आयोगबाट उक्त प्रस्ताव स्वीकृत नभएपछि कम्पनीले लाभांश संरचना पुनः संशोधन गरेको हो।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले संशोधित प्रस्ताव अनुसार चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते २८ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.