हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश रहेको छ। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक […]
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश रहेको छ। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो।
साथै, सोही बैठकले पुस २१ गते, सोमबार, कम्पनीको चौधौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने जनाएको छ।
यसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.