सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज (वैशाख १९ गते) अन्तिम मौका हो। कम्पनीले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन खुला गरेको थियो। कम्पनीका अनुसार मागभन्दा धेरै आवेदन परिसकेकोले आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द गरिनेछ। कम्पनीले आफ्नो ८८ करोड रुपैयाँ जारी पुँजीको १० […]

काठमाडौं : सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज (वैशाख १९ गते) अन्तिम मौका हो। कम्पनीले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन खुला गरेको थियो। कम्पनीका अनुसार मागभन्दा धेरै आवेदन परिसकेकोले आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द गरिनेछ।

कम्पनीले आफ्नो ८८ करोड रुपैयाँ जारी पुँजीको १० प्रतिशत बराबरको ८ करोड ८० लाख रुपैयाँको आईपीओ आयोजना प्रभावित स्थानीयहरूका लागि छुट्याएर वैशाख ५ गतेदेखि सार्वजनिक निष्कासन सुरु गरेको हो।

अर्थात, आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरूले प्रतिकित्ता १०० रुपैयाँको दरमा जम्मा ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, सान्भि इनर्जीले वैशाख ५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि पनि आईपीओ खुला गरेको छ, जसअन्तर्गत २ लाख ९१ हजार कित्ता सेयर उपलब्ध छन्। यस समूहले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम २० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व समयमै पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In