काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज वैशाख १९ गते सम्पन्न हुँदैछ। सभा बिहान ११ बजे तिलोत्तमा–५, रुपन्देहीस्थित केन्द्रीय कार्यालयमा सुरु हुने कार्यक्रम तय गरिएको छ। सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि राखिनेछ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाहलगायतका वित्तीय विवरणहरूमा छलफल गरी स्वीकृत गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
कम्पनीले सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, वैशाख १० गतेसम्म नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












Be the first to comment.