काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय गिरावट देखिएको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७०.८० प्रतिशतले घटेर ५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८३ लाख रुपैयाँ थियो। खुद नाफामा आएको गिरावटको मुख्य कारण कम्पनीको […]
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय गिरावट देखिएको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७०.८० प्रतिशतले घटेर ५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८३ लाख रुपैयाँ थियो।
खुद नाफामा आएको गिरावटको मुख्य कारण कम्पनीको सञ्चालन नाफा घट्नु र इम्पेयरमेन्ट चार्जमा ठूलो वृद्धि हुनु हो। कम्पनीको सञ्चालन नाफा ७०.८१ प्रतिशतले घटेर ७ करोड ४८ लाख रुपैयाँमा झरेको छ, जबकि इम्पेयरमेन्ट चार्ज १५ करोड ७० लाख रुपैयाँबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ५८.८२ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ। तर, खराब कर्जा दरमा तीव्र वृद्धि भएको छ। अघिल्लो वर्ष ८.८३ प्रतिशत रहेको खराब कर्जा अनुपात यो त्रैमासमा बढेर १४.८१ प्रतिशत पुगेको छ।
वित्तीय सूचकहरू कमजोर हुँदा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो वर्ष ३२ रुपैयाँ ८१ पैसा रहेको वार्षिक EPS यो त्रैमासमा २७ रुपैयाँ २९ पैसाले घटेर ५ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ हाल १९२ रुपैयाँ ६६ पैसा कायम रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.