वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस मध्ये १० प्रतिशतले […]

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यस मध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको हो। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

रेङ्टिङ्गका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस (IRN B+) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In