नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात्, हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरिएको हो। यस अनुसार कम्पनीले ६५ […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात्, हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरिएको हो। यस अनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

यस प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेड ले लिएको छ। शेयरधनीहरुले बिक्री प्रबन्धक, शाखा कार्यालय, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, र मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेकोमा, हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In