सागर डिष्टिलरीको आईपीओ आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओमध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर यस समूहका लागि छुट्याएको हो। आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ, […]

सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओमध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर यस समूहका लागि छुट्याएको हो।

आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ, तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म अवधि लम्बिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In