नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको ओभर–द–काउन्टर (ओटिसी) बजारमा आर्थिक वर्ष ०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सूचीकरणमा जान नसकेका विभिन्न कम्पनीका १ करोड ७८ लाख ७८ हजार १४६ कित्ता शेयर ओटिसीमार्फत किनबेच हुँदा २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार भएको हो। गत वर्ष ओटिसी बजारमा प्रोफेसनल एजुकेटर्स, […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको ओभर–द–काउन्टर (ओटिसी) बजारमा आर्थिक वर्ष ०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सूचीकरणमा जान नसकेका विभिन्न कम्पनीका १ करोड ७८ लाख ७८ हजार १४६ कित्ता शेयर ओटिसीमार्फत किनबेच हुँदा २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार भएको हो।
गत वर्ष ओटिसी बजारमा प्रोफेसनल एजुकेटर्स, सोपान मल्टिपल, सर्वोत्तम स्टिल, आकाश भैरव सेक्युर्ड र मेडिकेयर हस्पिटलका १० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएका छन्। विशेषत: सोपान मल्टिपल कम्पनीका मात्रै १४ लाख ९९ हजार १०८ कित्ता शेयर प्रति कित्ता १३० रुपैयाँमा बिक्री हुँदा १९ करोड ४८ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ।
ओटिसी बजारमा सूचीकृत नभएका वा सूचीकरण प्रक्रियामा रहेका कम्पनीका शेयर किनबेच गर्न सकिन्छ। यी कम्पनीहरूले सूचीकरणका लागि आवश्यक शर्त पूरा नगरेका कारण ओटिसीमार्फत कारोबार हुने गरेको हो। तर, कुनै कम्पनीले सूचीकरणका लागि आवश्यक शर्त पूरा गरेपछि त्यसको शेयर ओटिसी बजारबाट हटाइनेछ।
ओटिसी बजारमा शेयर खरिद–बिक्री गर्नका लागि विक्री आदेश र खरिद आदेश दर्ता गर्नुपर्छ, साथै १० प्रतिशत रकम पेश्की स्वरुप बुझाउनुपर्ने प्रावधान छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.