माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट

भदौ ८ गते, आइतबार, माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो। कम्पनीले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा २२ लाख ५ हजार ८७१ जनाले करिब २ […]

भदौ ८ गते, आइतबार, माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो।

कम्पनीले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा २२ लाख ५ हजार ८७१ जनाले करिब २ करोड ४५ लाख १२ हजार ५३० कित्ताका लागि आवेदन गरेका थिए। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन मान्य भएका थिए भने ८ हजार २८९ आवेदन रद्द भएका थिए।

मागभन्दा बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथा प्रणालीमार्फत गरिएको हो। जसअनुसार १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको ४ कित्ता शेयर सोही लगानीकर्तामध्ये ४ जनाले ११ कित्ताका दरले प्राप्त गरेका छन्।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In