बुङ्गल हाइड्रो लिमिटेडले आगामी भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। जसमध्ये ८ लाख ३० […]
बुङ्गल हाइड्रो लिमिटेडले आगामी भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा, २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपाली, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको हो।
अब दोस्रो चरणमा कम्पनीले १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्दैछ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन अवधि भदौ १९ गतेसम्म रहनेछ भने आवश्यक आवेदन नपरेमा ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ।
कम्पनीको शेयर निष्काशनको लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले CARE-NP B (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
बुङ्गल हाइड्रोले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २८ करोड २५ लाख रुपैयाँ छ। आयोजनाको विद्युत अनुमतिपत्रमा करिब २६ वर्ष १० महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको कम्पनीले जनाएको छ।
यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.