नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक (NABBC) को शतप्रतिशत हकप्रद शेयर समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनका लागि बैंकले बुकक्लोज गरेपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि बैंकको शेयर मूल्य ७१८ रुपैयाँ ३३ पैसा कायम भएको छ। यसअघि आइतबार दोस्रो बजारमा बैंकको अन्तिम मूल्य १,३३६ रुपैयाँ ६५ पैसा रहेको थियो। यही आधारमा […]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक (NABBC) को शतप्रतिशत हकप्रद शेयर समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनका लागि बैंकले बुकक्लोज गरेपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो।

समायोजनपछि बैंकको शेयर मूल्य ७१८ रुपैयाँ ३३ पैसा कायम भएको छ। यसअघि आइतबार दोस्रो बजारमा बैंकको अन्तिम मूल्य १,३३६ रुपैयाँ ६५ पैसा रहेको थियो। यही आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।

बैंकले साउन १५ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। सो हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई दिइएको छ।

यस समायोजित मूल्यलाई आधार मानेर आजदेखि दोस्रो बजारमा बैंकको शेयर कारोबार हुने नेप्सेले जनाएको छ।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In