बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। कम्पनीलाई जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ मध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँबराबरका ५८ […]
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
कम्पनीलाई जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ मध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँबराबरका ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको हो।
यसमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता, कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
अब भने दोस्रो चरणमा ४३ लाख ४१ हजार ८० कित्ता शेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा) ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागिएको हो।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते बन्द हुनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.