अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभा बोलाउँदै

अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आगामी असोज ३ गते, शुक्रबार, होटल कृष्टल पशुपति, पिङ्गलास्थान, गौशाला, काठमाडौंमा बिहान १ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस हकप्रद निष्काशनबाट […]

अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आगामी असोज ३ गते, शुक्रबार, होटल कृष्टल पशुपति, पिङ्गलास्थान, गौशाला, काठमाडौंमा बिहान १ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस हकप्रद निष्काशनबाट संकलित रकम काबेली इनर्जी लिमिटेड कम्पनीको संस्थापक शेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्न प्रयोग गरिनेछ।

त्यसका साथै, साधारण सभाले विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने, नयाँ कम्पनीमा लगानी स्वीकृति दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार, भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In