हाथवे इन्भेष्टमेन्ट (HATHY) तथा चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (भदौ १२ गते) परेको छ। यी संस्थाहरुले भोलि भदौ १३ गते लाभांश तथा प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएका छन्। यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका हाथवेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन् भने ४ म्युचुअल […]
हाथवे इन्भेष्टमेन्ट (HATHY) तथा चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (भदौ १२ गते) परेको छ। यी संस्थाहरुले भोलि भदौ १३ गते लाभांश तथा प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएका छन्।
यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका हाथवेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन् भने ४ म्युचुअल फण्डका इकाईधनीहरुले सोही अनुसार प्रतिफल पाउनेछन्।
हाथवे इन्भेष्टमेन्ट (HATHY) :
कम्पनीले १२% बोनस शेयर र ०.६३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव आगामी भदौ २५ गते, बुधबार, काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा हुने १७ औँ वार्षिक साधारण सभामा पारित गरिनेछ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन जस्ता प्रस्ताव पनि रहनेछन्।
म्युचुअल फण्डहरु :
एनएमबि ५० (NMB50) → १५% प्रतिफल
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) → १५% प्रतिफल
सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) → ८.२५% प्रतिफल
सिटिजन्स सुपर ३० (C30MF) → १२.७५% प्रतिफल
यस अनुसार, आजसम्म इकाईधनी बनेका लगानीकर्ताले सम्बन्धित म्युचुअल फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.