नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेका छन्। भदौ १२ गते बसेको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डका इकाईधनीहरुलाई १३–१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी, प्रतिफल वितरण प्रयोजनार्थ यी […]
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेका छन्।
भदौ १२ गते बसेको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डका इकाईधनीहरुलाई १३–१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
त्यसैगरी, प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले भदौ २२ गते, आइतबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्।
यस अनुसार, भदौ १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.