बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि बाँडफाँट भइसकेको […]
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि बाँडफाँट भइसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित मूल्यमा निष्काशन गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।
केयर रेटिङ नेपालले कम्पनीलाई CARENP Double B Issuer Rating प्रदान गरेको छ, जसले औसत जोखिमको संकेत गर्दछ। कम्पनीको आयोजना लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.