बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँ मध्ये ३५% अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन […]
बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेको छ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँ मध्ये ३५% अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ। जसमध्ये प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर वितरण भइसकेको छ।
अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गरिएको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP Single B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।
बुङ्गल हाइड्रोले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको लागत करिब ३ अर्ब २ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २८ करोड २५ लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै करिब २६ वर्ष १० महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहने अनुमान छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.