बुङ्गल हाइड्रोको आईपीओ पहिलो दिनमै ४ गुणाभन्दा बढी ओभरसब्स्क्राइब

बुङ्गल हाइड्रो लिमिटेडले हिजो (भदौ १६ गते)देखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओ पहिलो दिनमै ओभरसब्स्क्राइब भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। तर, सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिनमै ६ लाख ३६ हजार ४८७ आवेदनबाट ७२ लाख ८ हजार ३६० […]

बुङ्गल हाइड्रो लिमिटेडले हिजो (भदौ १६ गते)देखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओ पहिलो दिनमै ओभरसब्स्क्राइब भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। तर, सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिनमै ६ लाख ३६ हजार ४८७ आवेदनबाट ७२ लाख ८ हजार ३६० कित्ता शेयरको माग परेको छ। यो माग निष्काशित कित्ताको तुलनामा ४.२३ गुणा बढी हो।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन मिल्ने सो आईपीओमा आवेदन दिने समयावधि छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म रहनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत वा मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

Share Training in kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In