सागर डिष्टिलरीको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भएको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी रु. ७२ करोड ६० लाख को २०% अर्थात रु. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। […]

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भएको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पूँजी रु. ७२ करोड ६० लाख को २०% अर्थात रु. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १०% (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ। त्यस्तै ५% (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

अब कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर (रु. ११ करोड ९० लाख ६४ हजार बराबर) आईपीओमार्फत बिक्री गर्न लागेको हो। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अवधि भदौ २९ गतेसम्म रहनेछ भने पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म लम्बिन सक्नेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “IRN BB+ (Issuer Rating)” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूर्ति क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In