राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार अबेर रातिदेखि शीतल निवासमा बसेको उच्चस्तरीय छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको छ। छलफलको मुख्य एजेन्डा अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भन्ने रहँदा संसद् विघटनबारे भने कुरा मिल्न नसकेको स्रोतले जनाएको छ। हालको संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधान भएकाले सो विषयमा वैकल्पिक उपाय खोज्न […]
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार अबेर रातिदेखि शीतल निवासमा बसेको उच्चस्तरीय छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको छ।
छलफलको मुख्य एजेन्डा अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भन्ने रहँदा संसद् विघटनबारे भने कुरा मिल्न नसकेको स्रोतले जनाएको छ। हालको संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधान भएकाले सो विषयमा वैकल्पिक उपाय खोज्न राष्ट्रपतिले विज्ञसँग राय मागेका थिए।
छलफल निष्कर्षमा नपुगेपछि बैठकलाई शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।
Share Training in Kathmandu/Deep Thapa- 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.