जेनजी प्रदर्शन : ५ हजारको रोजगारी गुम्यो भाटभटेनीमा

जेनजी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनीका १२ ठूला स्टोर प्रदर्शनकारीले जलाएर ध्वस्त पारेका छन् भने नौ वटा स्टोरमा तोडफोड र लुटपाट भएको छ। यस घटनाले कम्तीमा पाँच हजार जनाको रोजगारी गुमाएको छ। भाटभटेनीको वार्षिक कारोबार करिब ३९ अर्ब रुपैयाँ रहने भएकाले यो आन्दोलनले नेपाली अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको छ। मीनबहादुर गुरुङले २०४१ सालमा एउटा सटरबाट […]

जेनजी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनीका १२ ठूला स्टोर प्रदर्शनकारीले जलाएर ध्वस्त पारेका छन् भने नौ वटा स्टोरमा तोडफोड र लुटपाट भएको छ। यस घटनाले कम्तीमा पाँच हजार जनाको रोजगारी गुमाएको छ। भाटभटेनीको वार्षिक कारोबार करिब ३९ अर्ब रुपैयाँ रहने भएकाले यो आन्दोलनले नेपाली अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको छ।

मीनबहादुर गुरुङले २०४१ सालमा एउटा सटरबाट सुरु गरेको भाटभटेनी सुपर स्टोर आज साढे दुई दर्जनभन्दा बढी शाखासहित देशकै सबैभन्दा ठूलो रिटेल चेन बनेको थियो। तर, आन्दोलन हिंसात्मक बनेसँगै भाटभटेनी लक्षित आगजनी, लुटपाट र तोडफोडले यो सफल यात्रामा अचानक ठूलो अवरोध खडा गरिदिएको छ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार यस क्षतिले हजारौंको रोजगारी गुमाएको छ, जसमा महिला कर्मचारीहरूको संख्या बढी छ। उनले भौतिक र आर्थिक क्षति अर्बौंको भएको र यसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने बताए।

प्रमुख रूपमा काठमाडौंका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारसहित पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका स्टोर पूर्णरूपमा जलेर ध्वस्त भएका छन्। अन्य दर्जन स्टोरमा तोडफोड र लुटपाट भए पनि केही शाखा भने भाग्यवश जोगिएका छन्।

आसन्न दसैंतिहारलाई लक्षित गरेर ठूलो व्यापार गर्ने समयमै यस्तो क्षति हुँदा कम्पनीका सञ्चालक गुरुङले पीडा व्यक्त गरेका छन्। तर, उनले भाटभटेनीलाई फेरि पुरानै स्वरूपमा उठाउने दृढता पनि प्रकट गरेका छन्।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In