सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको प्राथमिक शेयर (IPO) प्रक्रिया स्थगित भएको छ। बुधबार जारी विज्ञप्ति अनुसार, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आईपीओ अर्को सूचना नआएसम्मका लागि रोकेको हो। यसअघि, कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ […]
सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको प्राथमिक शेयर (IPO) प्रक्रिया स्थगित भएको छ। बुधबार जारी विज्ञप्ति अनुसार, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आईपीओ अर्को सूचना नआएसम्मका लागि रोकेको हो।
यसअघि, कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने अनुमति पाएको थियो।
त्यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट भइसकेको छ। त्यस्तै ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो।
सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर बाँकी रहेकामा आजदेखि आवेदन खुल्ने तयारी थियो। तर, मुलुकको वर्तमान परिस्थितिका कारण उक्त प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।
Share Training in Kathmandu / Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.