जेन–जी आन्दोलनपछि गभर्नरको उद्योगी–व्यवसायीसँग छलफल

जेन–जी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिबारे नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उद्योगी व्यवसायी तथा बैंक तथा वित्तीय संस्थासम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशभर बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान, होटल र निजी घर–व्यवसायमा तोडफोड तथा आगजनी हुँदा अरबौंको क्षति भएको छ। प्रारम्भिक तथ्यांकअनुसार मात्र दुई दर्जन होटलमा क्षति […]

जेन–जी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिबारे नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उद्योगी व्यवसायी तथा बैंक तथा वित्तीय संस्थासम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशभर बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान, होटल र निजी घर–व्यवसायमा तोडफोड तथा आगजनी हुँदा अरबौंको क्षति भएको छ। प्रारम्भिक तथ्यांकअनुसार मात्र दुई दर्जन होटलमा क्षति पुग्दा करिब २५ अर्ब रुपैयाँ नोक्सानी भएको छ भने दुई हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।

त्यस्तै, थापाथलीस्थित विभिन्न गाडीका शोरुमहरूमा आगजनी हुँदा अरबौं मूल्यबराबरको सम्पत्ति नोक्सानी भएको छ। निजी घरदेखि व्यावसायिक प्रतिष्ठान ध्वस्त हुँदा बीमा कम्पनीहरूमा ठूलो दाबी पर्ने अनुमान गरिएको छ।

देशभर फैलिएका भाटभटेनी सुपरमार्केटका आउटलेटहरूमा भएको तोडफोड, चोरी र आगजनीले पनि ठूलो आर्थिक नोक्सानी पुर्‍याएको छ। सो घटनाले हजारौं कर्मचारी रोजगारीविहीन भएका छन्।

गभर्नर पौडेलले भएको क्षति, त्यसको बैंक तथा वित्तीय क्षेत्र र निजी उद्योगमाथि परेको प्रभावबारे छलफल गर्दै समस्याको समाधानका लागि सम्भावित उपायहरू खोज्न व्यवसायी र बैंकर्सलाई सुझाव दिएका छन्।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In