प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह शीतलनिवासमा टेन्टमा आयोजना हुने छ। प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी थिइन्। राष्ट्रपतिद्वारा नियुक्ति भएपछि उनीहरूले पद […]
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह शीतलनिवासमा टेन्टमा आयोजना हुने छ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी थिइन्। राष्ट्रपतिद्वारा नियुक्ति भएपछि उनीहरूले पद तथा गोपनीयताको शपथ लिने व्यवस्था गरिएको छ।
Share Training in Kathmandu/Deep Thapa, 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.