अर्थमन्त्री रामेश्वर खनाल : दृढता, इमानदारी र विवेकका प्रतीक

प्रधानमन्त्री सुशीला कार्कीले संवेदनशील घडीमा मन्त्रिपरिषदलाई पूर्णता दिँदै पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेकी छिन्। आर्थिक संकटको गहिरो खाडलमा फसेको मुलुकलाई उनको अनुभव र दृढताले नयाँ बाटो देखाउने विश्वास गरिएको छ। ०१३ साल असार २ गते पाल्पा, तानसेनमा जन्मिएका खनाल विद्यार्थी जीवनदेखि नै अनुशासित, मेधावी र श्रमशील व्यक्तित्वको रूपमा चिनिन्थे। २३ वर्षको उमेरमा सहकारी […]

प्रधानमन्त्री सुशीला कार्कीले संवेदनशील घडीमा मन्त्रिपरिषदलाई पूर्णता दिँदै पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेकी छिन्। आर्थिक संकटको गहिरो खाडलमा फसेको मुलुकलाई उनको अनुभव र दृढताले नयाँ बाटो देखाउने विश्वास गरिएको छ।

०१३ साल असार २ गते पाल्पा, तानसेनमा जन्मिएका खनाल विद्यार्थी जीवनदेखि नै अनुशासित, मेधावी र श्रमशील व्यक्तित्वको रूपमा चिनिन्थे। २३ वर्षको उमेरमा सहकारी अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरेर महालेखा नियन्त्रक हुँदै अर्थसचिवसम्मको यात्रा पूरा गरे।

अर्थसचिव रहँदा उनले राजनीतिक र सामाजिक दबाबका बाबजुद पनि कठोर निर्णय लिने साहस देखाए। विद्युत प्राधिकरणका करार कर्मचारीलाई स्थायी नगर्ने अडान, शेयर बजार बन्द हुँदा वार्ता अस्वीकार गर्ने निर्णय, नेपाल राष्ट्र बैंकमा आन्दोलनरत कामदारलाई दृढ चेतावनी दिने घटनाले उनलाई विवेकशील र कठोर प्रशासकको रूपमा चिनायो।

उनको इमानदारी र पारदर्शिताले उनलाई थप अलग बनायो। व्यक्तिगत फाइदाभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिने, मातहत कर्मचारीलाई अनियमितताबारे कडा चेतावनी दिने, राजनीतिक पहुँच प्रयोग गरेर हुने सरुवा–बढुवालाई अस्वीकार गर्ने स्वभावका कारण उनी स्वच्छ छविका प्रशासक बन्न सफल भए।

राजनीतिमा नेपाली कांग्रेसमार्फत प्रवेश गरे पनि उनी सधैं स्वतन्त्र विवेकमा अडिग रहँदै आएका छन्। पदमा ढिलो उन्नति भए पनि यसले उनलाई अझ दृढ र प्रभावशाली बनायो। अध्ययनशीलता र विषयगत ज्ञानमा उनको गहिरो रुचिले उनलाई “ज्ञान दिने पात्र”को रूपमा स्थापित गर्‍यो।

अर्थमन्त्रीको हैसियतमा उनलाई बेरोजगारी, लगानी पलायन, कमजोर उत्पादन क्षेत्र र जटिल कर संरचना जस्ता गम्भीर चुनौतीहरू छन्। तर उनको विगतले आशा जगाएको छ—कर प्रणाली सुधार, लगानी सहजता, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना सम्भव छ।

Share Training in Kathmandu/ Deep Thapa, 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In