खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आवेदन,असोज ५ गतेसम्म

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि पुनः थप गरेको छ। कम्पनीले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि भदौ ३१ गतेसम्म म्याद थपिएको थियो। हाल देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकका लागि आवेदन अवधि असोज ५ गतेसम्म […]

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि पुनः थप गरेको छ। कम्पनीले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।

यसअघि भदौ ३१ गतेसम्म म्याद थपिएको थियो। हाल देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकका लागि आवेदन अवधि असोज ५ गतेसम्म बढाइएको कम्पनीले जनाएको छ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गरिएको छ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुन्छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि असार २७ गते बुकक्लोज गरिएको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।

इक्रा नेपालले यस निष्काशनलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। साथै लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय, कुमारी बैंक तथा सिटिजन्स बैंक इन्टरनेशनलका तोकिएका शाखाहरू, साथै सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण घटाउन, वित्तीय स्थिति सुधार गर्न र ब्याज खर्च कम गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

Share Training in Kathmandu/ Deep Thapa, 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In