एसवाई प्यानल नेपालले आजदेखि आईपीओ निष्काशन सुरु

एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन […]

एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न पाएको छ। यसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित चितवनको रत्ननगर नगरपालिकाका स्थानिय बासिन्दाका लागि, र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। साथै, कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका लागि निष्काशन छिट्टैमा असोज २१ गते र ढिलोमा कात्तिक ९ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिट्टैमा असोज १० गते र ढिलोमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

प्रभु क्यापिटल लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ। स्थानिय बासिन्दाले रत्ननगरस्थित कम्पनी कार्यालय, प्रभु क्यापिटल, प्रभु बैंकका शाखाहरु र अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In