आइतबार सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २२ लाख २७ हजार ५०३ […]
आइतबार सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो।
कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २२ लाख २७ हजार ५०३ जनाले कुल २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन मान्य भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको हो। जसअनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओको परिणाम केही बेरमा iporesult.cdsc.com.np मा गई हेर्न सकिनेछ।
Share Training in Kathmandu / Deep Thapa 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.