रिभर फल्स पावर लिमिटेड (RFPL) ले भदौ २३ गतेदेखि खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीका अनुसार अब यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता शेयर सार्वजनिक गरेको हो। यसअघि साउन २६ गते बुकक्लोज […]
रिभर फल्स पावर लिमिटेड (RFPL) ले भदौ २३ गतेदेखि खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीका अनुसार अब यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता शेयर सार्वजनिक गरेको हो।
यसअघि साउन २६ गते बुकक्लोज गरिएको थियो, जसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरु मात्र यसमा सहभागी हुन योग्य छन्।
हकप्रद निष्काशनको लागि केयर रेटिङ्ग नेपालले CARENP Double B Minus Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकका बेशिसहर, पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट साथै सि-आस्बा प्रणालीमार्फत अनलाइन ‘मेरो शेयर’ प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपछि १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको बाढी लगायतका कारणले बढेको आयोजनाको लागत पूर्ति र बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने योजना छ।
Share Training in Kathmandu / Deep Thapa 9849290806
Share your thoughts to keep the conversation going.
Be the first to comment.