शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आगामी भदौ १९ गतेदेखि असोज ८ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार, कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१:१) अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता, […]
शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आगामी भदौ १९ गतेदेखि असोज ८ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार, कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१:१) अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता, प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको हकप्रद शेयर निष्काशन गर्नेछ।
यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरिसकेको छ। त्यसैले साउन १५ गतेसम्म नेप्सेमा शेयरधनी रहेका लगानीकर्ताले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनको लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस (IRN BB-) प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा तथा आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट, साथै ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदमार्फत संकलन भएको रकम मुख्यतः बैंक ऋण भुक्तानीका लागि प्रयोग गर्ने योजना बनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.