शिव श्री हाइड्रोपावरको हकप्रदमा आज अन्तिम दिन

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ४७ लाख ६४ हजार […]

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्न लागेको हो।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले शिव श्री हाइड्रोपावरलाई ‘आईआरएन सिंगल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

सिटिजन्स क्यापिटल लिमिटेड हकप्रद शेयरको बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखाहरू (कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा) बाट साथै सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ, जस हकप्रद निष्काशनपछि २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले संकलित रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गर्ने योजना गरेको छ।

 

Share Training in Kathmandu / Deep Thapa / 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In