नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँट, कति आयो कट अफ प्राइस ?

काठमाडौं : नेको इन्सुरेन्सले लिलामीमार्फत बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। बाँडफाँट अनुसार सर्वसाधारण समूहका लागि न्यूनतम ६९७.८७ रुपैयाँ (कट अफ प्राइस) कबोल गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्। कम्पनीले वैशाख १२ गतेदेखि जारी गरिएको हकप्रद सेयर निष्कासनमा बिक्री नभएका सर्वसाधारण समूहका कुल १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामीमा राखेको थियो। यही […]

काठमाडौं : नेको इन्सुरेन्सले लिलामीमार्फत बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। बाँडफाँट अनुसार सर्वसाधारण समूहका लागि न्यूनतम ६९७.८७ रुपैयाँ (कट अफ प्राइस) कबोल गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्।

कम्पनीले वैशाख १२ गतेदेखि जारी गरिएको हकप्रद सेयर निष्कासनमा बिक्री नभएका सर्वसाधारण समूहका कुल १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामीमा राखेको थियो। यही सेयरको लिलामी बाँडफाँट गरिएको हो।

यसबीच, बाँडफाँटमा सेयर नपरेका आवेदकहरूको रकम आज आइतबार (जेठ ४ गते) देखि फिर्ता गरिने भएको छ। कम्पनीका अनुसार आवेदकले फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस प्रणालीमार्फत रकम फिर्ता हुनेछ।

यस्तै, आफ्नो खातामा रकम जम्मा भए/नभएको पुष्टि गर्न आग्रह गर्दै, रकम नजम्मा भएको खण्डमा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय, सममार्ग नक्साल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In