काठमाडौं : एनएलजी इन्सुरेन्सले वार्षिक साधारण सभा आगामी जेठ २९ गते बोलाएको छ। सभा बालुवाटारस्थित चिरबम सडकको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ। साथै, २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव […]
काठमाडौं : एनएलजी इन्सुरेन्सले वार्षिक साधारण सभा आगामी जेठ २९ गते बोलाएको छ। सभा बालुवाटारस्थित चिरबम सडकको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ। साथै, २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
यसका साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाको एजेन्डामा रहेको छ।
सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ २१ गतेसम्म सेयरधनी कायम भएका लगानीकर्ताहरू मात्र सभामा सहभागि हुन योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.