जनकपुरधाम : गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो १० महिनामा १,८७२ जना उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ। कार्यालयका अनुसार बिना प्रमाणिकता ढक, तराजु र डिजिटल नापतौल उपकरण प्रयोग गर्नेहरूमाथि जरिवाना सहित कानुनी कारबाही गरिएको हो। कार्यालय प्रमुख सुनील यादवले राससलाई जानकारी दिँदै साउनदेखि वैशाखसम्मको अनुगमन क्रममा उक्त कारबाही गरिएको बताए। अनुगमन […]
जनकपुरधाम : गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको पहिलो १० महिनामा १,८७२ जना उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ। कार्यालयका अनुसार बिना प्रमाणिकता ढक, तराजु र डिजिटल नापतौल उपकरण प्रयोग गर्नेहरूमाथि जरिवाना सहित कानुनी कारबाही गरिएको हो।
कार्यालय प्रमुख सुनील यादवले राससलाई जानकारी दिँदै साउनदेखि वैशाखसम्मको अनुगमन क्रममा उक्त कारबाही गरिएको बताए। अनुगमन धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्लामा गरिएको थियो।
यो अवधिमा कार्यालयले २,३७२ व्यवसायीका नापतौल यन्त्रहरूको परीक्षण गरेको थियो। सोही अवधिमा २९ पटक एकल अनुगमन, २७२ पटक व्यावसायिक फर्मको अनुगमन, १८ पटक संयुक्त अनुगमन तथा ४९९ पटक व्यावसायिक फर्मको पुनः अनुगमन गरिएको थियो।
कार्यालयले विभिन्न शीर्षकमा ४१ लाख १२ हजार ८४० रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो, किनभने त्यसबेला ३० लाख ६३ हजार २४४ रुपैयाँ मात्र संकलन भएको थियो।
गत वर्ष कार्यालयले १,९७५ वटा कम्पनीमा अनुगमन गरी १,३९० वटा कम्पनीलाई कारबाही गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.