काठमाडौं — नेको इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ ९ गते बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा बस्ने तय भएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ। साधारण सभाले सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]
काठमाडौं — नेको इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ ९ गते बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा बस्ने तय भएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ।
साधारण सभाले सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ३० गते बुक क्लोज गरिसकेको छ। त्यसैले सभामा सहभागी हुन चाहने सेयरधनी सो मितिभन्दा अगाडि कायम भइसकेका हुनुपर्छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.