आगामी आव बजेट : सरकारलाई योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौं — आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्न केही दिन मात्र बाँकी रहँदा सरकारले बजेटका लागि आयोजना छान्न र आवश्यक स्रोत जुटाउन निकै कठिनाइ भोगिरहेको छ। राजस्व संकलन अपेक्षाअनुसार नबढ्नु र सार्वजनिक ऋण दिनप्रतिदिन बढ्दै जानुका कारण सरकार करिब १९ खर्ब ६५ करोड रुपैयाँको स्रोत आवश्यकता पूरा गर्न असमर्थ देखिएको हो। यो बजेट […]

काठमाडौं — आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्न केही दिन मात्र बाँकी रहँदा सरकारले बजेटका लागि आयोजना छान्न र आवश्यक स्रोत जुटाउन निकै कठिनाइ भोगिरहेको छ। राजस्व संकलन अपेक्षाअनुसार नबढ्नु र सार्वजनिक ऋण दिनप्रतिदिन बढ्दै जानुका कारण सरकार करिब १९ खर्ब ६५ करोड रुपैयाँको स्रोत आवश्यकता पूरा गर्न असमर्थ देखिएको हो। यो बजेट सीमा राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आगामी वर्षको बजेटमा स्रोत व्यवस्थापन र आयोजनाको प्राथमिकता निर्धारण गर्न चुनौती रहेको बताएका छन्। आज आयोगले पूर्व उपाध्यक्षहरू र सदस्यहरूलाई आमन्त्रण गरी बजेटमा समावेश गरिने आयोजनाको छनोट र स्रोत व्यवस्थापनका उपायबारे छलफल गरेको थियो।

उक्त छलफलमा उपाध्यक्ष अधिकारीले स्रोत संकलनमा गम्भीर समस्या रहेको बताएका छन्। “कोभिड–१९ पछि राजस्वको अवस्था पुरानै लयमा फर्कन सकेको छैन, वैदेशिक अनुदान पनि घट्दो छ,” उनले भने, “समस्या प्रणालीगत बन्दै गएका छन् र विभिन्न तह र निकायबीच समन्वयको अभाव छ। यस्तो अवस्थामा स्रोत व्यवस्थापन निकै कठिन देखिन्छ।”

स्रोतको अभावका कारण सरकारले आगामी वर्षको बजेटमा आयोजना संख्यामा कटौती गर्ने तयारी गरेको छ। कार्यान्वयन नहुने, प्रभावहीन र परिणाम नदिने आयोजनाहरूलाई हटाउने संकेत उपाध्यक्ष अधिकारीले दिएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In