काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरूमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले आज जेठ ६ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा लाजिम्पाटस्थित बैंकको सेयर शाखामा पुगेर खरिद गर्न चाहिएको सेयर संख्या […]
काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरूमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले आज जेठ ६ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा लाजिम्पाटस्थित बैंकको सेयर शाखामा पुगेर खरिद गर्न चाहिएको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।
तोकेको समयसीमाभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.