यसकारण घट्यो कुथेली बुखरीको खुद नाफा

काठमाडौं:कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.२४ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफा घट्नुको मुख्य कारण विद्युत बिक्रीबाट प्राप्त आम्दानीमा आएको गिरावट हो। कम्पनीको आम्दानी २ […]

काठमाडौं:
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.२४ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा घट्नुको मुख्य कारण विद्युत बिक्रीबाट प्राप्त आम्दानीमा आएको गिरावट हो। कम्पनीको आम्दानी २ करोड ८८ लाख रुपैयाँबाट घटेर २ करोड ७३ लाख रुपैयाँमा झरेको छ। तथापि, वित्तीय खर्च घटेर ४८ लाख ८ हजार रुपैयाँबाट २५ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ, जसले केही राहत दिएको छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ।

कुथेली बुखरी हाल हाइड्रोपावर समूहभित्र सबैभन्दा महँगो सेयर भएको कम्पनीको रूपमा रहेको छ। वैशाख २१ गते आइतबारको क्लोजिङ मूल्य अनुसार यसको सेयर मूल्य दोस्रो बजारमा १,८८९ रुपैयाँ ३७ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In