काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल इन्सुरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई हालको चुक्ता पुँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो। स्वीकृति प्राप्त भएपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरका ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद […]
काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल इन्सुरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई हालको चुक्ता पुँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो।
स्वीकृति प्राप्त भएपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरका ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरूलाई बिक्री गर्नेछ।
नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको छ।
हकप्रद सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयर निष्कासनमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.